काठमाडौं । नेपालमा अझै केही दिन वर्षा हुने पूर्वानुमान गरिएको छ । बुधबारबाटै देशभरका अधिकांश स्थानमा वर्षा भइरहेको छ ।
बंगालको खाडीबाट उठेको न्यून चापीय प्रणाली विकसित भएपछि नेपालमा वर्षा भइरहेको छ ।
नेपालका विभिन्न जिल्लाका विभिन्न भूगोलमा भारी, धेरै भारी र अति भारी वर्षा भइरहेको छ । जसका कारण वर्षाको अवस्था अनुसार सवारीसाधन र आवतजावतमा समेत रोक लगाइएको छ ।
राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले वर्षा र त्यसपछि हुने बाढी पहिरोको जोखिमका आधारमा ७७ वटै जिल्लाहरुलाई छुट्टाइएको छ ।
जसअनुसार तस्बिरमा दिइएको रातो रंग संकेत गरिएका जिल्लाहरुमा बढी जोखिम रहेका कारण सवारीसाधनहरु पूर्ण रुपमा बन्द गर्न आग्रह गरिएको छ ।

यसैगरी तस्बिरमा दिइएको सुन्तला रंगको संकेत गरिएका जिल्लाहरुमा रातको समयमा यातायात बन्द गर्ने, दिउँसोको समयमा अवस्था हेरेर जिल्ला मनसुन प्रतिकार्य कमाण्ड पोष्टले निर्णय लिन सकिनेछ ।
यसैगरी पहेँलो रंगले संकेत गरिएका जिल्लाहरुमा तत्काल ठूलो जोखिम नरहे पनि सतर्क रहन भनिएको छ ।
नेपालमा मनसुनी वायु र बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणालीको संयुक्त प्रभावका कारण पानी परिरहेको छ ।
अझै केही दिन वर्षा हुने अनुमान जल तथा मौसम विज्ञान विभागको वर्षा पूर्वानुमान महाशाखाले जनाएको छ । केही दिन अघिदेखि नै नेपालमा वर्षाको पूर्वानुमान गरिएका कारण सतर्कता अपनाइएको छ ।
निरन्तरको वर्षाका कारण विभिन्न राष्ट्रिय राजमार्गमा अवरोध सिर्जना भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया