एनपीएलअघि एक्सट्रीमको प्रचार अभियान, ७ टोलीका नाममा रंगशालाका गेट

लोकपथ
0
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु हुनुअघि एक्सट्रीम एनर्जी ड्रिंकले प्रचार अभियान सुरु गरेको छ ।

एनपीएलमा सहभागी ८ टोलीमध्ये ७ टोलीसँग टाइटल स्पोन्सरका रूपमा सहकार्य गरेको एक्सट्रीमले प्रतियोगिता सुरु हुनुअघि नै विभिन्न प्रचार कार्यक्रम सञ्चालन गरेको हो ।

अभियानअन्तर्गत कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानका बाहिरका ७ वटा प्रवेशद्वारलाई एक्सट्रीमले प्रायोजन गरेका टोलीका नाममा समर्पित गरिएको छ । गेटहरू सम्बन्धित टोलीको पहिचान र एक्सट्रीमको ब्रान्डिङसहित सजाइएको छ ।

कम्पनीका अनुसार प्रतियोगिता सुरु हुनुअघि यस्तो प्रकारको अभियान सञ्चालन गर्ने एक्सट्रीम पहिलो ब्रान्ड हो ।

यी गेटमार्फत रंगशाला प्रवेश गर्ने क्रिकेटप्रेमीले सुरुमै एनपीएलका टोलीको उपस्थिति र उत्साह महसुस गर्न सक्ने कम्पनीले जनाएको छ । समर्थकलाई आफ्नो मनपर्ने टोलीसँग जोड्ने र एनपीएलको वातावरणलाई थप उत्साहपूर्ण बनाउने उद्देश्यले गेटहरू तयार गरिएको हो ।

एक्सट्रीमले काठमाडौं गोर्खाज, विराटनगर किङ्स, चितवन राइनोज, जनकपुर बोल्ट्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स र लुम्बिनी लायन्ससँग टाइटल स्पोन्सरका रूपमा सम्झौता गरेको छ ।

कम्पनीले पोल ब्यानर, गेट ब्रान्डिङ, होर्डिङ बोर्ड र टेलिभिजन विज्ञापनमार्फत पनि प्रचार अभियान सञ्चालन गरिरहेको जनाएको छ ।

एनपीएलको तेस्रो संस्करण कात्तिक ९ देखि मङ्सिर ५ गतेसम्म सञ्चालन हुँदैछ। एक्सट्रीमले नेपाली खेलकुदसँग जोडिएका यस्ता प्रचारात्मक गतिविधिलाई निरन्तरता दिने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?