काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भइरहेको अधिवेशनमा सकेसम्म सहमति नभए प्रतिष्पर्धा गर्नुपर्नेमा जोड दिएका छन् ।
पूर्वमन्त्री एवं सांसद समेत रहेका नेता केसीले महाधिवेशनमा सकेसम्म सतप्रतिशत सहमति र एकता गर्ने तर त्यसको सम्भावना नरहेको अवस्थामा लोकतान्त्रिक प्रतिष्पर्धा गर्नुपर्ने बताए । तर नेतृत्व चयनका लागि हुने प्रतिष्पर्धामा हस्तक्षेप, दबाब र गुटगत गतिविधि गर्न नहुने बताए ।
‘यदि महाधिवेशनका सहभागी साथीहरूबीच शतप्रतिशत सहमति र एकताको सम्भावना नरहेको अवस्था आउँछ भने, हामीले स्वस्थ, निष्पक्ष र गुटमुक्त लोकतान्त्रिक प्रतिस्पर्धालाई नै सहर्ष आत्मसात् गर्नुपर्छ। लोकतन्त्रको वास्तविक सुन्दरता नै विचार र विवेकको स्वतन्त्र प्रयोगमा निहित छ। त्यसैले, यो प्रतिस्पर्धालाई कुनै पनि किसिमको अवाञ्छित हस्तक्षेप, दबाब वा विचार लाद्ने प्रवृत्तिबाट पूर्ण रूपमा मुक्त राखिनुपर्छ भन्ने मेरो विनम्र एवं दृढ आग्रह छ,’ उनले भने ।
पार्टीको १५औँ महाधिवेशनमा आ–आफ्नो व्यक्तिगत सीमा, आग्रह पूर्वाग्रह तथा भिन्नताभन्दा माथि उठेर पार्टीको बृहत्तर हित र पुस्तान्तरणको लागि लाग्नुपर्नेमा जोड दिए ।
‘आ–आफ्ना व्यक्तिगत सीमा आग्रह पुर्वाग्रह र भिन्नताहरूभन्दा माथि उठेर पार्टीको बृहत्तर हित, पुस्तान्तरणको सन्तुलन र संगठनको सुदृढीकरणका लागि यो अधिवेशनलाई मर्यादित, व्यवस्थित र पूर्ण रूपमा सफल बनाउनु हामी प्रत्येक जिम्मेवार साथीहरूको साझा दायित्व हो,’ उनले भने, ‘इतिहासले सुम्पेको यो गम्भीर दायित्वलाई निष्ठाका साथ स्वीकार गर्दै चलिरहेको अधिवेशनलाई ऐतिहासिक सम्पूर्णता र व्यापक सफलता दिलाउन एकताबद्ध भई योगदान पुर्याउन म सम्पूर्ण आदरणीय नेता, कार्यकर्ता तथा जिम्मेवार साथीहरूमा हार्दिक एवं विनम्र अपिल गर्दछु ।’
नेता केसीले लेखेका छन् :-
नेपाली कांग्रेस केवल एउटा राजनीतिक दल मात्र नभई नेपाली इतिहासको हरेक मोडमा नवीनता र निरन्तरताको सुन्दर सङ्गम सिद्ध हुँदै आएको गौरवशाली लोकतान्त्रिक अभियान हो। अग्रज पुस्ताको लामो अनुभव, त्याग र मार्गदर्शनलाई नयाँ पुस्ताको अदम्य ऊर्जा,साहस, नवप्रवर्तन र उत्साहसँग जोड्ने सबल सेतुका रूपमा यस पार्टीको इतिहास आफैँमा अद्वितीय र अनुकरणीय छ।
आजको बदलिँदो सामाजिक-राजनीतिक परिवेश र वर्तमानको वास्तविक चुनौती र यथार्थलाई गम्भीरतापूर्वक हृदयङ्गम गर्नु अहिलेको मुख्य आवश्यकता हो। यसै परिप्रेक्ष्यमा सञ्चालन भइरहेको यो आस्विन ६ गते देखि प्रारम्भ अधिवेशन केवल एउटा आवधिक सांगठनिक प्रक्रिया मात्र नभई पार्टी ,लोकतन्त्र र रास्ट्रीय भविष्य तय गर्ने र संगठनलाई नयाँ दिशा दिने ऐतिहासिक अवसर हो। मैले पार्टीको समग्र एकता, सौहार्दता र सर्वसम्मतिका निमित्त आफ्नो तर्फबाट निरन्तर एवं निष्ठापूर्वक सदैव प्रयास गर्दै आएको छु र निरन्तर प्रयत्नरत रहने छु।
यदि महाधिवेशनका सहभागी साथीहरूबीच शतप्रतिशत सहमति र एकताको सम्भावना नरहेको अवस्था आउँछ भने, हामीले स्वस्थ, निष्पक्ष र गुटमुक्त लोकतान्त्रिक प्रतिस्पर्धालाई नै सहर्ष आत्मसात् गर्नुपर्छ। लोकतन्त्रको वास्तविक सुन्दरता नै विचार र विवेकको स्वतन्त्र प्रयोगमा निहित छ। त्यसैले, यो प्रतिस्पर्धालाई कुनै पनि किसिमको अवाञ्छित हस्तक्षेप, दबाब वा विचार लाद्ने प्रवृत्तिबाट पूर्ण रूपमा मुक्त राखिनुपर्छ भन्ने मेरो विनम्र एवं दृढ आग्रह छ।
तसर्थ, आ-आफ्ना व्यक्तिगत सीमा आग्रह पुर्बाग्रह र भिन्नताहरूभन्दा माथि उठेर पार्टीको बृहत्तर हित, पुस्तान्तरणको सन्तुलन र संगठनको सुदृढीकरणका लागि यो अधिवेशनलाई मर्यादित, व्यवस्थित र पूर्ण रूपमा सफल बनाउनु हामी प्रत्येक जिम्मेवार साथीहरूको साझा दायित्व हो। इतिहासले सुम्पेको यो गम्भीर दायित्वलाई निष्ठाका साथ स्वीकार गर्दै चलिरहेको अधिवेशनलाई ऐतिहासिक सम्पूर्णता र व्यापक सफलता दिलाउन एकताबद्ध भई योगदान पुर्याउन म सम्पूर्ण आदरणीय नेता, कार्यकर्ता तथा जिम्मेवार साथीहरूमा हार्दिक एवं विनम्र अपिल गर्दछु।
जय नेपाल !
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया