हिमालयन बैंक एससीटीको अन्तरबैंक रकम स्थानान्तरण नेटवर्कमा आबद्ध

लोकपथ
0
Shares

काठमाडौं । हिमालयन बैंक लिमिटेड र स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) बीच अन्तरबैंक रकम स्थानान्तरण सेवा सञ्चालनसम्बन्धी सम्झौता भएको छ ।

सम्झौतापछि हिमालयन बैंक एससीटीको ‘एससीटी इन्टर बैंक फन्ड ट्रान्सफर’ नेटवर्कमा आबद्ध हुने भएको छ । यससँगै हिमालयन बैंकका ग्राहकले विभिन्न बैंक तथा वित्तीय संस्थामा रहेका खाताबीच सहज र सुरक्षित रूपमा रकम पठाउन सक्नेछन् ।

एससीटीले सञ्चालन गर्दै आएको यो सेवामार्फत बैंक तथा वित्तीय संस्था, वालेट र रेमिट्यान्स कम्पनीबीच डिजिटल माध्यमबाट रकम स्थानान्तरण हुँदै आएको छ । यसले विभिन्न भुक्तानी प्रणालीलाई आपसमा जोडेर डिजिटल कारोबारलाई थप सहज बनाउन सहयोग गर्ने कम्पनीले जनाएको छ ।

नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति पाएको एससीटीले नेपालमा पहिलो घरेलु कार्ड ‘एससीटी कार्ड’ सञ्चालन गरेको हो । कम्पनीले बैंक तथा वित्तीय संस्था, वालेट, रेमिट्यान्स कम्पनी र सहकारी संस्थालाई समेटेर कार्ड तथा डिजिटल भुक्तानी सेवा सञ्चालन गर्दै आएको छ ।

एससीटी नेटवर्कमार्फत एससीटी युनियनपे, भिसा, मास्टरकार्ड, नेपालपे, डिस्कभर र रूपे कार्डको जारी तथा स्वीकार गर्ने सेवा, एटीएम, पीओएस, इन्टरनेट तथा मोबाइल बैंकिङलगायतका सेवा उपलब्ध हुँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?