अर्थ मन्त्रालयमा सहसचिवहरूको जिम्मेवारी हेरफेर, को कहाँ पुगे ?

लोकपथ
0
Shares

काठमाडौं । अर्थ मन्त्रालयले विभिन्न महाशाखा तथा मातहतका कार्यालयमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेको छ ।

मन्त्रालयले राजस्व व्यवस्थापन, बजेट, ठूला करदाता कार्यालय, भन्सार विभाग र महालेखा नियन्त्रकको कार्यालयमा नयाँ जिम्मेवारी तोकेको हो ।

मन्त्रालयका अनुसार सुमन दाहाललाई राजस्व व्यवस्थापन महाशाखाको जिम्मेवारी दिइएको छ। यसअघि उनी बजेट महाशाखामा कार्यरत थिए ।

दाहालको स्थानमा लुम्बिनी प्रदेशबाट संघमा सरुवा भएर आएका बन्धुप्रसाद बाँस्तोलालाई बजेट महाशाखाको जिम्मेवारी दिइएको छ ।

यस्तै, ठूला करदाता कार्यालयको प्रमुख कर प्रशासकमा प्रेम आचार्यलाई जिम्मेवारी दिइएको छ। यसअघि उक्त पदमा रहेका केदार शर्माले राजीनामा दिएपछि आचार्यलाई जिम्मेवारी दिइएको हो ।

त्यस्तै, कोशी प्रदेशबाट संघमा सरुवा भएर आएका नारायणप्रसाद रिसाललाई भन्सार विभागको उपमहानिर्देशकको जिम्मेवारी दिइएको छ ।

महालेखा नियन्त्रकको कार्यालयमा गोकुल बाँस्तोलालाई सहमहालेखा नियन्त्रकको जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?