कोशी राजमार्गअन्तर्गत खाँदबारी–सभाखोला सडक दैनिक ९ घण्टा बन्द हुने

लोकपथ
0
Shares

सङ्खुवासभा । कोशी राजमार्गअन्तर्गत खाँदबारी–तुम्लिङटार सभाखोला सडकखण्ड दैनिक ९ घण्टा बन्द हुने भएको छ ।

सडक मर्मत तथा चौडा गर्ने कामका लागि असोज ६ गतेदेखि असोज ३० गतेसम्म उक्त सडकखण्डमा यातायात सञ्चालनमा रोक लगाइएको सडक डिभिजन कार्यालय तुम्लिङटारले जनाएको छ ।

कार्यालयका निमित्त प्रमुख इन्जिनियर मनोजकुमार मण्डलका अनुसार बिहान ८ बजेदेखि १२ बजेसम्म र दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म सडक बन्द हुनेछ ।

खाँदबारीदेखि सभाखोलासम्मको करिब १७ किलोमिटर सडक कालोपत्रे तथा चौडा गर्ने काम भइरहेको छ । निर्माण कम्पनीले समयमै काम सम्पन्न गर्न यातायात बन्द गरेर काम गर्ने आग्रह गरेपछि सडक बन्द गर्ने निर्णय गरिएको कार्यालयले जनाएको छ ।

सडक बन्द हुने समयमा सवारीसाधनले वैकल्पिक सडक प्रयोग गर्न सक्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?