काठमाडौं । सिद्धार्थ बैंकले असोज २८ गते आफ्नो २५औँ वार्षिक साधारण सभा बोलाएको छ ।
बैंकले बुधबार बिहान ९ बजे काठमाडौँको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा साधारण सभा गर्ने जनाएको छ ।
सभाले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्ने घोषणा गरिएको लाभांश पारित गर्नेछ । बैंकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
यस्तै, सभाले अविमोच्य असञ्चिति अग्राधिकार शेयरधनीलाई १३६ दिनका लागि समानुपातिक रूपमा ८.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
सभामा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पनि पेस हुनेछन् ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले असोज १६ गते बुकक्लोज गर्ने भएको छ। त्यसअनुसार असोज १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले बैंकको लाभांश प्राप्त गर्न सक्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया