मिड सोलु हाइड्रोपावरले घोषणा गर्‍यो १५.७८९ प्रतिशत लाभांश

लोकपथ
49
Shares

काठमाडौं । मिड सोलु हाइड्रोपावरले आफ्ना शेयरधनीलाई १५.७८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८२/८३ को खुद मुनाफाबाट हाल कायम चुक्तापुँजीको १५.७८९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीका अनुसार शेयरधनीले हाल कायम चुक्तापुँजी ८६ करोड ६ लाख ६० हजार रुपैयाँको १५ प्रतिशत बराबरको बोनस शेयर पाउनेछन् । यो बोनस शेयरको रकम १२ करोड ९० लाख ९९ हजार रुपैयाँ बराबर हुनेछ ।

यस्तै, कर प्रयोजनका लागि ०.७८९ प्रतिशत अर्थात् ६७ लाख ९४ हजार ६८४ रुपैयाँ बराबरको नगद लाभांश वितरण गरिने कम्पनीले जनाएको छ ।

कम्पनीले प्रस्तावित लाभांश विद्युत नियमन आयोगको स्वीकृति लिएपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीलाई वितरण गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?