काठमाडौं । मुक्तिनाथ विकास बैंकले दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै विशेष घर कर्जा योजना सार्वजनिक गरेको छ ।
नेपाल ल्याण्ड एन्ड हाउजिङ एन्ड कन्स्ट्रक्सन एक्स्पो २०२६ लाई समेत लक्षित गरी ल्याइएको यस योजनामा ग्राहकले बेसरेटमा ०.२५ प्रतिशत थप गरी विशेष ब्याजदरमा घर कर्जा लिन सक्ने बैंकले जनाएको छ ।
योजनाअन्तर्गत घर निर्माण, घर खरिद तथा आवाससम्बन्धी आवश्यकताका लागि कर्जा उपलब्ध हुनेछ । घरजग्गाको मूल्याङ्कनको अधिकतम ७० प्रतिशतसम्म कर्जा पाइनेछ भने पहिलो घर कर्जाको हकमा अधिकतम ८० प्रतिशतसम्म कर्जा सुविधा उपलब्ध हुने बैंकले जनाएको छ ।
बैंकका अनुसार यो योजना २०८३ सालको कार्तिक मसान्तसम्म लागू हुनेछ । त्यसपछि बैंकको प्रचलित ब्याजदर र सम्बन्धित कर्जाका शर्तहरू लागू हुनेछन् ।
यो सुविधा देशभर रहेका बैंकका १७६ वटै शाखाबाट लिन सकिनेछ । ग्राहकले आफूलाई पायक पर्ने शाखामा सम्पर्क गरी कर्जा योजनाबारे थप जानकारी लिन सक्नेछन् ।
यसका साथै बैंकले अटो लोन तथा कृषि र एसएमई व्यवसाय कर्जाका लागि पनि विशेष योजनाहरू सञ्चालनमा ल्याएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया