एकैदिन ३ हजार ६ सयले बढ्यो सुनको मूल्य, चाँदी पनि बढ्यो

लोकपथ
98
Shares

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ हजार ६ सयले बढेको हो ।

अघिल्लो दिन २ लाख ९९ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ३ हजार ६ सय रुपैयाँले बढेर ३ लाख ३ हजार १ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै चाँदीको भाउ तोलामा आज तोलामा १५० रुपैयाँ बढेको छ ।

अघिल्लो दिन प्रतितोला ४ हजार ६२५ रुपैयाँ रहेको चाँदी आज ४ हजार ७७५ रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?