काठमाडौं । कामना सेवा विकास बैंकले दमकस्थित नेपाल रेडक्रस सोसाइटीलाई सर्पदंश उपचारमा प्रयोग हुने कार्डियो मोनिटर र सक्सन मेसिन सहयोग गरेको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शाखा कार्यालय दमकमार्फत दमक नगरपालिका–७ स्थित रेडक्रस सोसाइटीलाई उक्त उपकरण हस्तान्तरण गरेको हो ।
बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुसालले रेडक्रस सोसाइटीकी सभापति गोमा देवी प्रसाईं बुढाथोकीलाई उपकरण हस्तान्तरण गरे ।
रेडक्रसकी सभापति बुढाथोकीले सहयोगका लागि बैंकलाई धन्यवाद दिँदै सर्पदंशका कारण गम्भीर अवस्थामा पुगेका बिरामीको स्वास्थ्य निगरानी गर्न कार्डियो मोनिटर र आकस्मिक अवस्थामा श्वासप्रश्वासमा सहयोग गर्न सक्सन मेसिन उपयोगी हुने बताइन् ।
कार्यक्रममा प्रदेश प्रमुख भुसालले स्वास्थ्य सेवा समुदायको आधारभूत आवश्यकता भएकाले स्थानीयस्तरमा स्वास्थ्य सेवाका लागि आवश्यक उपकरण सहयोग गर्न पाउँदा खुसी लागेको बताए । उनले बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको जानकारी दिए ।
कार्यक्रममा बैंकका कर्मचारी तथा नेपाल रेडक्रस सोसाइटीका पदाधिकारी र सदस्यहरूको उपस्थिति थियो । बैंकले आगामी दिनमा पनि सामाजिक तथा मानवीय कार्यलाई निरन्तरता दिने जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया