काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी र नेपाल बैंकबीच बैंकमा कार्यरत कर्मचारीको जीवन बीमासम्बन्धी सम्झौता भएको छ ।
सम्झौतापत्रमा नेशनल लाइफका नायब प्रमुख कार्यकारी अधिकृत स्मृति राज कँडेल र नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत दीपेन्द्रराज काफ्लेले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार नेपाल बैंकमा कार्यरत कर्मचारीले जीवन बीमा सुविधा प्राप्त गर्नेछन् । यसबाट कर्मचारीको जीवन तथा आर्थिक सुरक्षामा सहयोग पुग्नुका साथै जोखिम व्यवस्थापनमा सहजता हुने अपेक्षा गरिएको छ ।
सम्झौता कार्यक्रममा दुवै संस्थाका पदाधिकारी तथा अधिकारीहरूको उपस्थिति थियो । कार्यक्रममा कर्मचारीको सुरक्षा, कल्याण तथा दीर्घकालीन हितका लागि जीवन बीमाको महत्वबारे चर्चा गरिएको थियो ।
नेशनल लाइफले ग्राहक तथा संस्थागत साझेदारको आवश्यकता र हितलाई ध्यानमा राख्दै विभिन्न जीवन बीमा तथा जोखिम व्यवस्थापनसम्बन्धी सेवा प्रदान गर्दै आएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया