नबिल बैंकले बोलायो साधारणसभा, १५.८० प्रतिशत लाभांश पारित गर्ने

लोकपथ
0
Shares

काठमाडौं । नबिल बैंकले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न ४२औँ वार्षिक साधारणसभा बोलाएको छ ।

मंगलबार बसेको बैंकको सञ्चालक समितिको बैठकले आगामी असोज २२ गते साधारणसभा गर्ने निर्णय गरेको हो । सभा काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान ९ः३० बजेदेखि सुरु हुनेछ ।

सभाले बैंकको हाल कायम चुक्तापुँजीको कुल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । प्रस्तावित लाभांशमा ५ प्रतिशत बोनस शेयर र १०.८० प्रतिशत नगद लाभांश (करसहित) रहेको छ ।

यस्तै, ८५ अविमोच्य असञ्चिति अग्राधिकार शेयरतर्फ चुक्तापुँजीको ८ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।

सभाले बैंकको हाल कायम अधिकृत पुँजी वृद्धि गरी ३४ अर्ब रुपैयाँ पुर्‍याउने विशेष प्रस्तावसमेत अनुमोदन गर्नेछ । अधिकृत, जारी तथा चुक्तापुँजी वृद्धि गर्नुपर्ने भएकाले सोहीअनुसार बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ ।

प्रबन्धपत्र तथा नियमावली संशोधनका क्रममा नियमनकारी निकायबाट कुनै फेरबदल वा संशोधन गर्न निर्देशन आएमा सोहीअनुसार आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।

त्यस्तै, अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जरमा जान वा अन्य बैंक तथा वित्तीय संस्था प्राप्ति गर्न उपयुक्त देखिएमा त्यससम्बन्धी सम्पूर्ण प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा पेस हुनेछ ।

सभाले संस्थापक शेयरधनीका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने तीन जना सञ्चालकको निर्वाचनसमेत गर्नेछ ।

लाभांश तथा साधारणसभा प्रयोजनका लागि बैंकले असोज १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसअनुसार असोज १३ गतेसम्म कायम शेयरधनीले मात्र प्रस्तावित लाभांश प्राप्त गर्न तथा साधारणसभामा सहभागी हुन पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?