के भयो आज सुनचाँदीको मूल्य ?

लोकपथ
0
Shares

काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँ बढेको छ ।

महासंघले यस दिनका लागि सुनको मूल्य तोलाको ३ लाख १ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख १ सय रुपैयाँ थियो ।

त्यस्तै चाँदीको भाउ तोलामा ८५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ६०० रुपैयाँ रहेको चाँदी आज ४ हजार ६८५ रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?