कुमारी बैंकले घोषणा गर्‍यो २.१०३ प्रतिशत नगद लाभांश

लोकपथ
0
Shares

काठमाडौं । कुमारी बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई २.१०३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

बैंक सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापुँजीको २.१०३ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो ।

बैंकको चुक्तापुँजी २६ अर्ब २२ करोड ५८ लाख ६१ हजार ३४० रुपैयाँ रहेको छ । सोको २.१०३ प्रतिशतले हुन आउने करिब ५५ करोड २१ लाख ४१ हजार रुपैयाँ शेयरधनीलाई वितरण गरिनेछ ।

उक्त लाभांश वितरणका लागि नेपाल राष्ट्र बैंकको स्वीकृति लिनुपर्नेछ । राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट प्रस्ताव अनुमोदन गराएर लाभांश वितरण गरिने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?