काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित तथा पीडित परिवारको राहत र पुनर्स्थापनाका लागि कृषि विकास बैंकका कर्मचारीहरूले आफ्नो मासिक तलबबाट रकम कट्टा गरी १ करोड ५३ लाख ९५ हजार २२ रुपैयाँ सहयोग गरेका छन् ।
बैंकमा कार्यरत सम्पूर्ण कर्मचारीहरूको तलबबाट संकलित उक्त रकम मंगलबार बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत प्रताप सुवेदी र अध्यक्ष टंक पाण्डेले संयुक्त रूपमा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेलाई चेकमार्फत हस्तान्तरण गरेका हुन् ।
बाढीका कारण भोटेकोशी क्षेत्रमा ठूलो जनधनको क्षति भएको अवस्थामा पीडितको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले कर्मचारीहरूले आफ्नो पारिश्रमिकबाट योगदान गरेका हुन् ।
बैंकले संकलित रकम बाढीपीडितको राहत तथा आवश्यक सहयोगमा उपयोग गरिने जनाएको छ । साथै, भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति श्रद्धाञ्जली तथा समवेदना प्रकट गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया