काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पुनः सहयोग रकम उपलब्ध गराएको छ ।
रास्वपा संसदीय दलको तर्फबाट २७ लाख १७ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय भएको रास्वपा प्रमुख सचेतक कबिन्द्र बुर्लाकोटीले जानकारी दिए ।
उनका रास्वपा संसदीय दलका पदाधिकारीबीच अनौपचारिक रुपमा पुनः प्रधानमन्त्री राहत कोषमा सहयोग गर्ने छलफल तथा प्रस्ताव भएको थियो ।
जसअनुसार प्रत्येक सदस्यबाट जनही १५ हजार उपलब्ध गराउने निर्णय भएको प्रमुख सचेतक बुर्लाकोटीले बताए ।
गत निर्वाचनमा रास्वपाले प्रत्यक्ष र समानुपातिक गरी कुल १८२ सिट जितेको थियो । त्यसमध्ये काठमाडौं क्षेत्र नं ९ बाट जितेका तत्कालीन उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल) सभामुख निर्वाचित भएपछि रास्वपासँग १८१ सिट कायम छ ।
१८१ सांसदबाट जनही १५ हजारका दरले उठाउँदा हुने कुल २७ लाख १५ हजार रुपैयाँ प्रधानमन्त्री कोषमा हस्तान्तरण गर्ने निर्णय भएको हो ।
त्यसो त यसअघि नै रास्वपाले पार्टीको तर्फबाट ५० लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरिसकेको छ ।
रसुवा बाढीपछि सरकारले आह्वान गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा अर्बौ रकम सहयोग प्राप्त भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया