ग्यास अभाव : आरआर क्याम्पसको मुल गेटमै आगो बालेर पकाइयो खाना

लोकपथ
0
Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) निकट अखिल क्रान्तिकारीले ग्यास अभावको विरोधमा सडकमै खाना पकाएर सरकारको सांकेतिक विरोध गरेको छ ।

लामो समयदेखि ग्यासको अभाव भोगिरहेको अवस्थामा अखिल क्रान्तिकारीले सडकमै दाउरा बालेर खाना पकाएको हो ।

बिहीबार बिहान काठमाडौंको प्रदर्शनीमार्गमा रहेको रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर क्याम्पस) को मुल गेटमै खाना पकाइएको हो । ग्यास अभावबारे गरिएको सांकेतिक विरोधलाई धेरैले चासोका साथ हेरेका छन् ।

लामो समयदेखि काठमाडौं उपत्यकामा देखिएको खाना पकाउने ग्यासको अभाव अहिले चरमोत्कर्षमा पुगेको छ ।

सर्वसाधारणहरु घण्टौसम्म ग्यासको लाइनमा बस्दा समेत ग्यास पाउन नसकेको भन्दै गुनासो गरिरहेका छन् । कतिपय त रातभर सडकमा सिलिण्डर कुरेर ग्यासको पर्खाइमा बसिरहेका छन् । तर पनि ग्यास नपाएको गुनासो गरिरहेका छन् । तर सरकारी पक्षबाट भने प्रयाप्त मात्रामा ग्यास आइरहेको तर व्यवसायीहरुको कारण ग्यास वितरणमा समस्या देखिएको बताइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?