नुवाकोट । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएकी ५४ वर्षीया चन्द्रिका श्रेष्ठको ११ दिनपछि जीवितै उद्धार गरिएको छ ।
गत भदौ १० गते बाढी आएपछि सम्पर्कविहीन भएकी श्रेष्ठलाई नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावतीबाट प्रहरीले सकुशल उद्धार गरेको हो ।
प्रहरी निरीक्षक महेन्द्र दर्नालको कमान्डमा खटिएको टोलीले खोजी गर्ने क्रममा श्रेष्ठलाई बेत्रावतीमा फेला पारेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया