अवरोध पन्छाउँदै त्रिशूली-३ ‘ए’को सुरुङमा उद्धार टोली प्रवेश

लोकपथ
0
Shares

काठमाडौं । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र अवरोध पन्छाउँदै नेपाली सेना र सशस्त्र प्रहरीको उद्धार टोली करिब १० मिटरभित्र प्रवेश गरेको छ ।

इन्जिनियर श्रीराम न्यौपानेका अनुसार सुरुङभित्र ब्लास्ट गरिएका ढुंगा तथा अन्य अवरोध एक्स्काभेटरको सहायताले हटाउने काम भइरहेको छ ।

निरन्तरको प्रयासपछि उद्धार टोली सुरुङको भुइँ तहको नजिक पुग्न सफल भएको न्यौपानेले जानकारी दिए । सुरुङभित्र थप अवरोध हटाउँदै उद्धार कार्यलाई अघि बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?