बाढी प्रभावित जलविद्युत् आयोजनाको उद्धार प्रगतिबारे ऊर्जा र पूर्वाधारमन्त्रीले लिए ‘ब्रिफिङ’

लोकपथ
0
Shares

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित जलविद्युत् आयोजनामा भइरहेको खोज तथा उद्धार कार्यको प्रगतिबारे ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ र पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले जानकारी लिएका छन् ।

ऊर्जामन्त्री श्रेष्ठको कार्यकक्षमा नेपाली सेनाका उच्च अधिकारीहरूले खोज तथा उद्धार कार्यको पछिल्लो अवस्थाबारे मन्त्रीद्वयलाई जानकारी गराएका हुन् ।

ब्रिफिङका क्रममा बाढीबाट प्रभावित विभिन्न जलविद्युत् आयोजना तथा सुरुङमार्गमा भइरहेको खोज तथा उद्धारको अवस्थाबारे जानकारी दिइएको थियो । मन्त्रीद्वयले उद्धार अभियानको प्रगतिबारे जानकारी लिँदै आगामी रणनीतिबारे समेत छलफल गरेका छन् ।

ब्रिफिङमा प्रतिनिधि सभा सदस्य डा। अमरेशकुमार सिंहको पनि सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?