प्रधानसेनापति सिग्देलद्वारा रसुवा–नुवाकोटको खोज तथा उद्धार कार्यको अनुगमन

लोकपथ
0
Shares

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले रसुवा–नुवाकोट क्षेत्रमा भइरहेको खोज तथा उद्धार कार्यको अनुगमन गरेका छन् ।

सैनिक मुख्यालय जंगी अड्डाका अनुसार प्रधानसेनापति सिग्देल टनेलमा भइरहेको खोज तथा उद्धार कार्यको अनुगमनका लागि बिहीबार रसुवा–नुवाकोट पुगेका हुन् ।

अनुगमनका क्रममा उनले टनेलसहित अन्य प्रभावित क्षेत्रको समेत अवलोकन गरेका छन् । उनले खोज तथा उद्धारमा संलग्न सबै सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र सहकार्य गर्दै उच्च मनोबलका साथ काम गर्न निर्देशन दिएका छन् ।

बाढीपहिरोबाट प्रभावित क्षेत्रमा नेपाली सेनासहित सुरक्षा निकाय तथा अन्य सरोकारवाला निकायले खोज, उद्धार तथा राहत कार्यलाई निरन्तरता दिइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?