भोटेकोशी बाढीपछि स्थगित संसद् बैठक भोलि बस्ने

लोकपथ
0
Shares

काठमाडौं । प्रतिनिधिसभाको बैठक यही भदौ १७ गते बुधबार दिउँसो १ बजे बस्ने भएको छ ।

सङ्घीय संसद् सचिवालयका अनुसार बैठकमा सभामुख डोलप्रसाद अर्यालले भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको अकल्पनीय बाढीबाट भएको जनधनको क्षतिबारे विशेष प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

बैठकमा सदनमा प्रतिनिधित्व गर्ने छ दलका प्रतिनिधिले बाढीबाट भएको क्षति, खोज तथा उद्धार, राहत र पुनःस्थापनालगायत विषयमा आफ्नो धारणा राख्ने कार्यसूची रहेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

यसअघि भोटेकोशी बाढीबाट उत्पन्न परिस्थितिमा सरकारसँगै सांसदहरू पनि खोज, उद्धार, राहत तथा पुनःस्थापनामा संलग्न हुनुपर्ने भन्दै भदौ १० गते सूचना टाँस गरेर प्रतिनिधिसभाको बैठक स्थगित गरिएको थियो ।

संसद् सचिवालयले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरेको थियो । अब भने बाढीबाट भएको क्षतिबारे सदनमा विशेष छलफल हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?