काठमाडौं । चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम नजिक बनेको ठूलो ताल फुटेपछि चिनियाँ पक्षले त्यस क्षेत्रको निरन्तर निगरानी गरिरहेको जनाएको छ ।
चिनियाँ पक्षले नेपाली अधिकारीलाई पठाएको जानकारीअनुसार तालबाट पानी निरन्तर बाहिर बगिरहेको छ । पानीको मात्रा बढेसँगै तालको आकार पनि ठूलो हुँदै गएको छ ।
तर, अहिलेको अवस्थामा एक्कासि ठूलो बाढी आउने जोखिम कम रहेको चिनियाँ पक्षको आकलन छ ।
यसअघि तालभन्दा तल्लो क्षेत्रमा बरफ र चट्टान खसेको घटना भएको थियो । त्यसपछि चिनियाँ अधिकारीले घटनास्थलको अवस्था निरन्तर निगरानी गरिरहेका छन् ।
थप जानकारी प्राप्त भएमा नेपाली पक्षलाई जानकारी गराउने चिनियाँ पक्षले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया