काठमाडौं । सरकारले जलविद्युत् आयोजनाको सुरुङमा फसेका मजदुरको उद्धारका लागि डेडिकेटेड हेलिकप्टर परिचालन गरेको छ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार अपर त्रिशूली-ए जलविद्युत् आयोजनाको सुरुङमा उद्धार कार्यलाई प्राथमिकता दिइएको छ ।
सुरुङभित्र रहेका व्यक्तिको उद्धारलाई प्रभावकारी बनाउन आवश्यक उद्धार सामग्रीसहित टोली परिचालन गरिएको प्राधिकरणले जनाएको छ ।
बिहीबार अपर त्रिशूली-ए आयोजनाबाट ३५० जनाको उद्धार गरिएको थियो । शुक्रबार सुरुङभित्रबाट थप दुई जनाको सकुशल उद्धार गरिएको प्राधिकरणले जनाएको छ ।
कठिन भौगोलिक अवस्था र प्रतिकूल मौसमका कारण प्रभावित क्षेत्रमा उद्धार कार्य चुनौतीपूर्ण बनेको छ । सरकारले हेलिकप्टरसहित आवश्यक स्रोतसाधन परिचालन गरी उद्धार कार्यलाई तीव्रता दिएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया