काठमाडौं । नेपाली संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै आएका गायक तथा संगीतकर्मी आरसी रिमालको नयाँ गीत ‘मायालु’ सार्वजनिक भएको छ।
प्रेम, भावना र सम्बन्धका संवेदनालाई केन्द्रमा राखिएको ‘मायालु’ ले श्रोता–दर्शकको मन छुने अपेक्षा गरिएको छ । गीतमा रिमालको सुमधुर गायनसँगै प्रेमिल भावनालाई प्रस्तुत गरिएको छ ।
‘ःमायालु’ को आधिकारिक म्युजिक भिडियो आरसी रिमालको यूट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
नयाँ पुस्तादेखि नेपाली संगीतका नियमित श्रोतालाई समेत लक्षित गर्दै ल्याइएको यो गीतले माया, प्रेम र भावनाको मिठासलाई संगीतमार्फत प्रस्तुत गरेको छ ।
भिडियो हेर्नुहोस् :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया