काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक भागिरथ चलाउनेको नयाँ तीज गीत ‘को मुर्खले लान्छ र मलाई’ सार्वजनिक भएको छ ।
भागिरथ चलाउने र सरिता सुनारको स्वर रहेको गीत हिजो युट्युबमार्फत सार्वजनिक गरिएको हो ।
गीतमा जलन विश्वकर्माको शब्द तथा भागिरथ चलाउनेकै संगीत रहेको छ भने विनोद बाजुरालीले संगीत संयोजन गरेका छन् ।
गीतको मिक्सिङ तथा मास्टरिङ खडक बाजुराली, भोकल सम्पादन राजेन्द्र बाजुराली र रेकर्डिङ सागर बाजुरालीले गरेका छन् । गीतको रेकर्डिङ मालाश्री स्टुडियोमा गरिएको हो ।
गीतको भिडियोमा भागिरथ चलाउने र करिश्मा ढकालको अभिनय रहेको छ । भिडियोको छायांकन अजय रेग्मीको टिमले गरेको हो भने लक्ष्मण चौहानले सम्पादन गरेका छन् ।
गायक चलाउनेका यसअघि पनि विभिन्न तीज गीत सार्वजनिक भइसकेका छन् । उनका ‘झमझम झम्काना’, ‘थोपडाले धोका दियो बरिलै’, ‘मायाले त होला’ र ‘मेरा लागि मर्ने केटो मनै परेन’ लगायतका गीत दर्शक तथा श्रोतामाझ लोकप्रिय छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया