उमा श्रेष्ठले एकसाथ ल्याइन् साहित्यिक कृति र तीज गीत

लोकपथ
0
Shares

काठमाडौं । साहित्यकार, गायिका तथा समाजसेवी उमा श्रेष्ठको एकैपटक दुई सिर्जना सार्वजनिक भएको छ ।

श्रेष्ठले आफ्नो पहिलो साहित्यिक कृति ‘मौन छ देश’ र तीज गीत ‘या माया लाउँछौँ कि एतै’ सार्वजनिक भएको हो ।

वरिष्ठ गीतकार तथा साहित्यकार चुडामणि देवकोटाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा उमा श्रेष्ठको साहित्यिक यात्रा र सांगीतिक सिर्जनाको औपचारिक शुभारम्भ गरिएको हो ।

३८ वर्ष निजामती सेवामा योगदान दिई अवकाश प्राप्त गरेकी श्रेष्ठले दुई दर्जनभन्दा बढी विभिन्न संघसंस्थासँग आबद्ध भएर सामाजिक तथा सिर्जनात्मक क्षेत्रमा योगदान पुर्‍याउँदै आएकी छन् ।

श्रेष्ठको आफ्नै शब्द तथा संगीत रहेको तीज गीत ‘या माया लाउँछौ कि एतै’ मा उनको स्वरका साथै गायक सुमित खड्काको स्वर रहेको छ । गीतको मिक्सिङ तथा मास्टरिङ निरज श्रेष्ठले गरेका छन् ।

गीतको अडियो तथा भिडियो निर्माण ‘उमा अन द वे’ मार्फत गरिएको हो । भिडियोको निर्देशन तथा कोरियोग्राफी देवेन्द्र कुँवरले गरेका छन् । भिडियोमा निरीक्ष्या श्रेष्ठ र गोविन्द थापाको अभिनय रहेको छ । भिडियो सम्पादन तथा कलरिङ विश्वाराम खड्काले गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?