बलिउड अभिनेत्री शिल्पा शेट्टीद्वारा पशुपतिनाथमा पूजा, आराधना

लोकपथ
28
Shares

काठमाडौं । बलिउड अभिनेत्री शिल्पा शेट्टीले साउन महिनाको शनिबार पशुपतिनाथ मन्दिरमा पुगेर विशेष पूजा, आराधना तथा दर्शन गरेकी छन् ।

पशुपति क्षेत्र विकास कोषका पुरातत्व अधिकृत सुशीलकुमार गौतमका अनुसार शेट्टीले आज बिहान दुई हजार १०० रुपैयाँ दरका नौ वटा रसिद काटेर पञ्चामृत पूजा सम्पन्न गरेकी हुन् ।

उनका अनुसार शेट्टी आज बिहान दर्शनार्थीका रूपमा पशुपतिनाथ मन्दिर प्रवेश गरी विधिपूर्वक भगवान् शिवको पूजा, आराधना र दर्शन गरेकी थिइन् ।

साउन महिना भगवान् शिवको विशेष महिना मानिने भएकाले नेपालसहित विश्वभरका वैदिक सनातन हिन्दू धर्मावलम्बी यस अवधिमा पशुपतिनाथ मन्दिरमा दर्शन र पूजा गर्न आउने गर्छन् ।

विशेषगरी भारतबाट आउने भक्तजनको संख्या उल्लेख्य रहने र हरेक वर्ष विशिष्ट व्यक्तित्वहरू पनि पशुपतिनाथमा पूजा–आराधनाका लागि आउने गरेको कोषले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?