कोइराला भेषराज
युवाको आक्रोशमा विदेशी हस्तक्षेप सुन्नेहरू
आफ्नो सङ्कटलाई राष्ट्रिय सङ्कट भन्नेहरू
विद्रोहको ज्वालालाई अपराध मान्नेहरू
जनमतलाई अफिमको नसा ठान्नेहरू ।
विभिन्न वादको आडमा देश लुट्नेहरू
किसान, मजदुर र सुकुम्बासीको नाममा ढोक्सा थाप्नेहरू
धार्मिक समुदायलाइ कार्यकर्ता उत्पादनको कारखाना ठान्नेहरू
गरिबका नाममा पसल थाप्नेहरू ।
धर्मको नाममा राजनीतिको रोटी सेक्नेहरू
बिभिन्न बादको नाममा विचौलिया बोक्नेहरू
सत्तास्वार्थमा नैतिकता बेच्नेहरू
सन्धि सम्झौताका नाममा राष्ट्रियता रेट्नेहरू ।
सुशासन भन्दै कुसाशन लाद्नेहरू
विकासको नाममा कमिसन हान्नेहरू
सिद्धान्तको जामा लगाएर तर् मार्नेहरू
षडयन्त्रको सिद्धान्तलाई आदर्श मान्नेहरू ।
बिन्ती छ अब यत्ति चै मान्देउ, षड्यन्त्र र छलछाम सधैलाई त्याग्देउ
राष्ट्रिय एकता जोड्नमा ध्यान्देउ, सत्ताको खेल तुरून्त छोड्देउ ।
धार्मिक सहिष्णुताको जगेर्ना गर्देउ, बुद्ध भूमिको इज्जत् त धान्देउ
धार्मिक युद्धबाट मुक्ति दिलाउ, नेपाल र नेपालीको भलो चिताउ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया