धनगढी। तीन दिनदेखि अनशनरत डा.गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई सेती प्रादेशिक अस्पतालको आईसीयूमा भर्ना गरिएको छ ।
चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै धनगढीको कृष्ण मन्दिर धर्मशालामा २४औँ अनशन बसिरहेका केसीको स्वास्थ्य कमजोर भएपछि अस्पताल लगिएको हो ।
केसीको रगतमा सुगरको मात्रा घटेर ५० पुगेको थियो । त्यसपछि चिकित्सकको सल्लाहमा उनलाई सेती प्रादेशिक अस्पताल लगेर आईसीयूमा उपचार सुरु गरिएको हो ।
डा. केसीले चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा सुधार, सबै नागरिकको स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्नुपर्ने लगायतका माग राख्दै अनशन थालेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया