आत्मदाह गरेका गणेश नेपालीको परिवारलाई गगन थापाद्वारा १ लाख रुपैयाँ सहयोग

लोकपथ
28
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आत्मदाह गरेका गणेश नेपालीको परिवारलाई एक लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

थापाले आफ्नै तर्फबाट राहतस्वरूप उक्त रकम उपलब्ध गराएका हुन् ।

सहयोग प्रदान गर्दै उनले स्वर्गीय गणेश नेपालीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । साथै, उनको आत्माको चिरशान्तिको कामना गर्दै शोकमा रहेका परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।

कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जारी गरेको विज्ञप्तिमार्फत यसबारे जानकारी दिइएको हो ।

मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीले असार २५ गते काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा आगो लगाएका थिए । गम्भीर घाइते भएका उनको उपचारका क्रममा भोलिपल्ट बीर अस्पतालमा निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?