किन पक्राउ परे व्यवसायी शंकर अग्रवाल ?

लोकपथ
1.5k
Shares

काठमाडौं । व्यवसायी शंकर अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार शंकर ग्रुपका अध्यक्ष समेत रहेका अग्रवाललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले काठमाडौंको डिल्लीबजारबाट पक्राउ गरेको हो ।

बैंकिङ्ग कसूर मुद्दामा फरार रहेका अग्रवाललाई आज डिल्लीबजारबाट पक्राउ गरिएको सीआईबीले जनाएको छ ।

दीपक भट्टसमेत प्रतिवादी रहेको बैंकिङ्ग कसूर तथा सजाय ऐन, २०६४ अन्तर्गतको मुद्दामा अग्रवाल फैसला मितिदेखि नै फरार रहँदै आएका थिए ।

अग्रवाललाई आवश्यक कानुनी कारबाहीका लागि उच्च अदालत पाटनमा उपस्थित गराइएको ब्यूरोका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर जबराले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?