कामना सेवा विकास बैंकको नयाँ सेवा : ‘नेपालपे कार्ड’ वितरण सुरु

लोकपथ
0
Shares

काठमाडौं। कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई लक्षित गर्दै नेपालपे कार्ड वितरण सेवा सुरु गरेको छ ।

बैंकले डिजिटल बैंकिङ सेवाको विस्तार तथा ग्राहकलाई सहज, सुरक्षित र आधुनिक भुक्तानी सेवा उपलब्ध गराउने उद्देश्यका साथ उक्त सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।

बैंकका अनुसार अब ग्राहकहरूले नेपालपे कार्ड प्राप्त गर्न सक्नेछन् । साथै, बैंकका देशभर रहेका एटीएमहरूबाट नेपालपे कार्डका अतिरिक्त डिस्कभर नेटवर्कअन्तर्गतका अन्तर्राष्ट्रिय कार्डमार्फत पनि कारोबार गर्न सकिने व्यवस्था गरिएको छ ।

कामना सेवा विकास बैंकले अन्य कार्ड स्कीमसँगै नेशनल पेमेन्ट स्विच (एनपीएस) अन्तर्गत सञ्चालनमा रहेको राष्ट्रिय कार्ड स्कीम नेपालपे कार्ड पनि उपलब्ध गराउने जनाएको छ ।

नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले हालै नेपालपे कार्डको व्यावसायिक रोलआउट सुरु गरेसँगै अन्तर्राष्ट्रिय नेटवर्क डिस्कभरसँगको सहकार्यमा नेपालपे कार्डलाई विश्वव्यापी रूपमा प्रयोग गर्न सकिने व्यवस्था भएको हो ।

यससँगै बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक र भुक्तानी प्रणाली सञ्चालकहरूले जारी गर्ने नेपालपे कार्ड नेपालभित्रका साथै विदेशमा रहेका एटीएम र पीओएस टर्मिनलमार्फत पनि प्रयोग गर्न सकिने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?