नेपालमा भित्रियो प्रोटोनको कार ‘इ. मास ५’ : अरु भन्दा फरक ‘फिचर्स’, मूल्य ३० लाख भन्दा कम

लोकपथ
42
Shares

काठमाडौं । नेपालमा प्रोटोनको इ. मास ५ सार्वजनिक भएको छ ।

सोमबार होटल सोल्टीमा आयोजित एक विशेष समारोहबिच प्रोटोनको इ. मास ५ को सार्वजनिक भएको हो ।

बहुप्रतिक्षित रुपमा रहेको उक्त गाडी नेपालका लागि प्रोटोनको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले बजारमा ल्याएको हो । यसअघि नै प्रोटोनको इ. मास ७ नेपाली बजारमा चर्चित भइसकेको छ ।

प्रोटोन इ. मास ५ मलेसियाको कार निर्माता कम्पनी प्रोटोनको पहिलो इलेक्ट्रिक कार हो । यो बी सेग्मेन्टको कम्प्याक्ट ह्याचब्याक कार हो, जुन चिनियाँ कम्पनी Geely को Xingyuan मोडलमा आधारित रहेको छ । सन् २०२५ को अन्त्यतिर मलेसियामा सार्वजनिक भएको यो कारले नेपाली ग्राहकहरुको मन जित्न सफल बनेको छ ।

हाल प्रोटोनको इ. मास ५ दुई भेरियन्टमा उपलब्ध हुनेछन् । कम्पनीका अनुसार प्राइम भेरियन्ट अन्तर्गत ३०.१२ किलोवाट आवरको ब्याट्री दिइएको छ, जसको क्षमता २२५ किलोमिटर रेन्ज दिनेछ । यसैगरी प्रिमियर भेरियन्टमा समेत यो गाडी उपलब्ध हुनेछ । प्रिमियर भेरियन्ट अन्तर्गत ४०.१६ किलोवाट आवर ब्याट्री क्षमता रहेको छ । जसले ३२५ किलोमिटरसम्म रेन्ज प्रदान गर्न सक्ने कम्पनीको भनाइ रहेको छ ।

के छन् विशेषता ?

यसको इन्टेरियर निकै आकर्षक छ । यसमा ८.८ इन्चको इन्स्ट्रुमेन्ट क्लष्टर, मल्टिफंशनल स्टेरिङ ह्वील, भेरियन्ट अनुसार १०.१ र १४.६ इन्चको स्क्रीन उपलब्ध छ ।

राम्रो ह्याण्डलिङ र ड्राइभिङ अनुभवका लागि उपयोगी रहेको यो कार Rear Wheel Drive (RWD) प्रणालीमा आधारित रहेको छ ।

यो कारको मुख्य विशेषतामा १४.६ इन्चको टच स्कृन, ३६० डिग्री क्यामेरा (थ्री सिक्स्टी डिग्री क्यामेरा), वायरलेस एन्ड्रोइड अटो, एप्पल कार प्ले लगायत रहेका छन् । ३७५ लिटरको बुट स्पेस उपलब्ध रहेको उक्त कारमा जसलाई फोल्ड गरेर १३ सय २० लिटरसम्म बनाउन सकिनेछ ।

कारको अघि ७० लिटरको फ्रंक स्टोरेज समेत उपलब्ध रहेको छ ।

नेपालमा पछिल्लो समय बढ्दो ईभीको प्रयोगमा यसले ग्राहकको मन जित्ने विश्वास लिइएको बताइन्छ । प्रिमियर मोडल अन्तर्गत यो कार डीसी फास्ट चार्जिङले ३० देखि ८० प्रतिशत चार्ज केवल २० मिनेट हाराहारीमै पूरा गर्न सकिनेछ ।

कम्पनीले अन्य गाडीको तुलनामा यसमा सिटको मुनी समेत सामान राख्न मिल्ने सुविधा थप गरिदिएको छ । सिट मुनी ड्रयर जस्तै स्पेस बनाइएको छ, यदी लामो यात्रामा जाने हो भने आफू र यात्रामा जानेहरुको सामान राख्न सकिन्छ ।

अन्य ईभी होस् या आईसी कुनै कारमा पनि यस्तो स्पेस नहुने कम्पनीको दाबी छ ।

ग्राहकले तोकेकै मूल्यमा खरिद !

जगदम्बा मोटर्सले प्रोटोन इ.मास ५ को यसअघि नै बिक्री खुला गरिसकेको थियो । ‘गेस एण्ड बुक द अल न्यू इ.मास ५ एट योर प्राइस’ नामक विशेष योजना सुरु गरिएको थियो । यो योजना अन्तर्गत ग्राहकहरुले उक्त कारको आधिकारिक बजार मूल्य अनुमान गरी सोही मूल्यमा गाडी खरिद गर्न सकिने बताएको थियो ।

कम्पनीले तोकेकै लन्च मूल्य वा लन्च मूल्यसँग सबैभन्दा नजिकको मूल्य अनुमान गर्ने ग्राहकहरुले आफूले अनुमान गरेकै मूल्यमा सो गाडी खरिद गर्न सक्ने व्यवस्था गरेको थियो ।

मूल्य अनुमानका लागि ‘इ. मास ५ प्राइम’ भेरियन्टको दायरा २९ लाख ९९ हजारदेखि ३४ लाख ९९ हजारसम्म तोकिएको थियो भने ‘प्रिमियम’ भेरियन्टको दायरा ३४ लाख ९९ हजारदेखि ३९.९९ लाखसम्म निर्धारण गरिएको थियो ।

कम्पनीले उल्लेख गरे अनुसार, यस योजनामा नियमपुर्वक सहभागी भएकाहरूमध्येबाट ‘लक्की ड्र’ मार्फत प्रत्येक भेरियन्ट बाट ५ जना भाग्यशाली विजेताहरू चयन गरिनेछ ।

विजेताहरूले यस योजनाका सर्त तथा नियमहरूको अधीनमा रही आफूले अनुमान गरेकै मूल्यमा प्रोटोन इ. मास ५ खरिद गर्न पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?