शेयर बजारमा आज पनि दोहोरो अंकको वृद्धि, साढे ५ अर्ब बढीको कारोबार

लोकपथ
21
Shares

काठमाडौं । नयाँ आर्थिक वर्ष सुरु भए यता सोमबार शेयर बजारमा आज दोस्रो कारोबार भयो ।

साउन १ गते शुक्रबार दोहोरो अंकसहित बढेको शेयर बजार साउन २ र ३ गते बन्द रहे । सोमबार पुनः शेयर बजारमा हरियाली छाएको छ ।

आज शेयर बजार मापक नेप्से परिसूचक ४१ दशमलव ७० अंकले वृद्धि भएको छ । १ दशमलव ५५ प्रतिशतले शेयर बजार वृद्धि हुँदा बजार बिन्दु २ हजार ७ सय १९ पुगेको नेप्सले जनाएको छ ।

अघिल्लो कारोबार दिन गत साउन १ गते शुक्रबार शेयर बजार ७९ दशमलव ७४ अंकले उकालो लागेको हो । सो दिन बजार बिन्दु २ हजार ६ सय ७७ पुगेको थियो ।

आज कुल १ करोड २२ लाख ४५ हजार ३ सय ३७ कित्ता शेयर ५ अर्ब ५१ करोड २६ लाख ८८ हजार ९ सय ७९ रुपैयाँ बराबरको कारोबार भएको हो ।

आज कारोबारमा आएकामध्ये २३९ कम्पनीको शेयर मूल्य वृद्धि, ३२ वटा कम्पनीको शेयर मूल्यमा गिरावट हुँदा ५ वटा कम्पनीको शेयर मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।

आज कारोबारमा आएकामध्ये एभरेष्ट कलर लिमिटेड, रिग्द लाइन इनर्जी लिमिटेड, श्रीनगर आर्गिटिच, सोलु हाइड्रोपावर लिमिटेड, रिलायन्स स्पिनिङ लिमिटेड लगायत कम्पनीका लगानीकर्ताहरुले धेरै कमाएका छन् ।

यसैगरी आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड, लक्ष्मी उन्नती कोष, ७ प्रतिशत डिबेन्चर २०८८, १०.२५ प्रतिशत एनबीबीएल डिबेन्चर लिमिटेड लगायत कम्पनीका लगानीकर्ताहरुले धेरै गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?