काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले २५ वर्ष पूरा गरेको अवसरमा नेपालको जीवन बिमा क्षेत्रमा नयाँ कीर्तिमान कायम गरेको जनाएको छ । कम्पनीले चालु आर्थिक वर्षमा १३ अर्ब रुपैयाँभन्दा बढी प्रथम बिमा शुल्क (एफपीआई) संकलन गरेको हो ।
कम्पनीका अनुसार नेपालको जीवन बिमा इतिहासमा पहिलो पटक कुनै कम्पनीले १३ अर्ब रुपैयाँभन्दा बढी प्रथम बिमा शुल्क संकलन गरेको हो ।
गत आर्थिक वर्षमा १० अर्ब रुपैयाँ प्रथम बिमा शुल्क संकलन गरेको कम्पनीले यस वर्ष आफ्नो व्यवसाय थप विस्तार गर्दै उक्त रकम बढाएको जनाएको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले यो उपलब्धि कम्पनीसँग जोडिएका सबै पक्षको योगदानबाट सम्भव भएको बताए । उनले सञ्चालक समिति, बीमित, बिमा अभिकर्ता, कर्मचारी, शेयरधनी, नियामक निकाय तथा अन्य सरोकारवालाप्रति आभार व्यक्त गरे ।
पराजुलीले २५ वर्षदेखि विश्वास, गुणस्तरीय सेवा र उत्कृष्टतालाई केन्द्रमा राखेर अघि बढिरहेको कम्पनीले हासिल गरेको यो सफलता नेपालको जीवन बिमा क्षेत्रमा महत्वपूर्ण उपलब्धि भएको बताए ।
नेपाल लाइफले आगामी दिनमा प्रविधिमैत्री र ग्राहकमैत्री सेवा विस्तार गर्ने, नयाँ बिमा योजना ल्याउने, लगानी व्यवस्थापनलाई प्रभावकारी बनाउने तथा कर्मचारी र अभिकर्ताको क्षमता विकासमा जोड दिने जनाएको छ ।
कम्पनीले २५ वर्षको यात्रामा प्राप्त गरेको यो सफलता ग्राहक, अभिकर्ता, कर्मचारी र शेयरधनीको साझा योगदानको परिणाम भएको उल्लेख गर्दै आगामी दिनमा पनि जीवन बिमा क्षेत्रमा अग्रणी भूमिका कायम राख्ने प्रतिबद्धता जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया