डडेल्धुरामा बोलेरो दुर्घटना : दुई जनाको मृत्यु, तीन घाइते

लोकपथ
161
Shares

डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिका–७ खसरेखानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

धनगढीदेखि दार्चुलातर्फ जाँदै गरेको सु प प्र ०१००१ ज १८५० नम्बरको बोलेरो जिप आज बिहान दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक ९डीएसपी० बरुणबहादुर सिंहले जानकारी दिए ।

दुर्घटनामा दार्चुलाको अपिहिमाल गाउँपालिका–१ का २५ वर्षीय शुभम लोथ्याल र २० वर्षीय हुम लोथ्यालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार जिप सडकबाट करिब ५०० मिटर तल खसेको थियो । दुर्घटनामा घाइते भएका तीन जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?