काठमाडौं । बुद्ध एयरले विभिन्न अनलाइन तथा सामाजिक सञ्जालमा प्रकाशित ‘बुद्ध एयरका पाइलट प्रहरी हिरासतमा’ सम्बन्धी समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बुद्ध एयरले समाचारमा उल्लेख भएअनुसार उक्त घटनाको कारण पारिवारिक कलह तथा झैझगडासँग सम्बन्धित रहेको पनि जनाएको छ ।
यस सम्बन्धमा आन्तरिक छानबिन समिति गठन गरी आवश्यक प्रक्रिया अघि बढाइएको पनि बुद्ध एयरले प्रस्ट पारेको छ ।
बुद्ध एयरले शुक्रबार विज्ञप्तिमार्फत् भनेको छ, ‘हामी सामाजिक उत्तरदायित्व तथा यात्रु सुरक्षालाई सधैँ उच्च प्राथमिकताका साथ लिँदै आएका छौँ । यस विषयमा तथ्यपरक छानबिन सम्पन्न भएपछि आवश्यक जानकारी सार्वजनिक गरिनेछ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया