काठमाडौं । बिहीबार (आज) देखि आर्थिक वर्ष ०८२–०८३ समाप्त भइ शुक्रबार (भोलि) बाट नयाँ आर्थिक वर्ष सुरु हुँदैछ ।
नयाँ आर्थिक वर्षसँगै सरकारले लिएका नयाँ आर्थिक नीतिको कार्यान्वयन सुरुदेखि पूरानो आर्थिक क्रियाकलापको मिलानसम्म हुने गर्दछ ।
नयाँ सरकारले ल्याएको बजेटमार्फत् नयाँ आर्थिक वर्षमा व्यक्तिगत आयकरको नयाँ व्यवस्था पनि साउन साउन १ गते शुक्रबारदेखि लागू हुनेछ ।
सरकारले ल्याएको नयाँ आर्थिक ऐनअनुसार अब प्राकृतिक व्यक्तिको वार्षिक १० लाख रुपैयाँसम्मको आम्दानीमा १ प्रतिशत मात्रै आयकर लाग्नेछ । यसअघि ५ लाख रुपैयाँसम्म आम्दानी गर्ने व्यक्तिले एक प्रतिशत आयकर तिर्नुपर्ने व्यवस्था रहेको थियो ।
सरकारले त्यसको दायरा वृद्धि गर्दै १० लाख पुर्याएको हो ।
सरकारले ल्याएको आयकरको नयाँ व्यवस्थाअनुसार १० लाखदेखि १५ लाख रुपैयाँसम्मको आम्दानीमा १० प्रतिशत, १५ लाखदेखि २५ लाख रुपैयाँसम्म २० प्रतिशत, २५ लाखदेखि ४० लाख रुपैयाँसम्म २७ प्रतिशत तथा ४० लाख रुपैयाँभन्दा माथिको आम्दानीमा अतिरिक्त रकममा २९ प्रतिशत कर लाग्नेछ ।
यसअघिको व्यवस्था अनुसार उच्चतम आयकरदर ३९ प्रतिशतसम्म रहेको थियो । सरकारले नयाँ कर संरचनामार्फत् करदातामाथिको भार घटाउने र आयकर प्रणालीलाई थप सहज बनाउने लक्ष्य राखेको बताउँदै आइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया