काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व सांसद लक्ष्मी महतो कोइरी थुनामुक्त भएका छन् ।
सर्वोच्च अदालतको आदेशपछि महतो आजै थुनामुक्त भएका हुन् ।
थुनामा रहेका महतोलाई थुनामुक्त गर्न परेको बन्दीप्रत्येक्षीकरणको रिटमा सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीशद्वय श्रीकान्त पौडेल र कुमार रेग्मीको संयुक्त इजलासले सो आदेश दिएको हो ।
नेपाल प्रहरीका असई थमन विकको हत्या प्रकरणमा उनलाई उच्च अदालत जनकपुरले थुनामा राख्न आदेश दिएको थियो । गत असार २० गते जनकपुरको जलेश्वर कारागार चलान भएका महतोको पक्राउ पुर्जी कानुनसम्मत नभएको सर्वोच्चको ठहर छ ।
यसअघि नै उनलाई कैद सजाय तोकिए पनि फरार रहेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया