बिदा स्वीकृत नगरी अनुपस्थित २३ स्वास्थ्यकर्मीलाई १५ दिनभित्र सफाइ पेस गर्न मन्त्रालयको निर्देशन

लोकपथ
21
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लामो समयदेखि बिना जानकारी कार्यालयमा नआएका २३ जना स्वास्थ्यकर्मीलाई स्पष्टीकरण सोधेको छ ।

मन्त्रालयले बिहीबार सूचना जारी गर्दै बिदा स्वीकृत नगराई लगातार ६० दिनभन्दा बढी समय कार्यालयमा अनुपस्थित रहेका डाक्टर, नर्स र ल्याब टेक्निसियनलाई १५ दिनभित्र आफ्नो सफाइ पेस गर्न भनेको हो ।

मन्त्रालयका अनुसार ती कर्मचारीले स्वास्थ्य सेवा ऐन, २०५३ अनुसार पालना गर्नुपर्ने नियम उल्लंघन गरेको देखिएको छ । उनीहरुलाई भविष्यमा स्वास्थ्य सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने विभागीय कारबाही किन नगर्ने भन्दै स्पष्टीकरण माग गरिएको हो ।

१५ दिनभित्र अनुपस्थित हुनुको उचित कारण नदिएमा उनीहरुमाथि नियमअनुसार कारबाही प्रक्रिया अघि बढाइने मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?