बलात्कार आरोपमा २२ वर्षीय युवक पक्राउ

लोकपथ
0
Shares

काठमाडौं । बाँकेमा १७ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बर्दियाको बाँसगढी नगरपालिका–२, पिपल चौताराका २२ वर्षीय हेमन्त परियार रहेका छन् ।

प्रहरीका अनुसार परियारलाई शुक्रबार साँझ पक्राउ गरिएको हो । ती बालिकामाथि बलात्कार गरेको भन्दै परेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?