काठमाडौं । साताको तेस्रो कारोबार दिन नेपाली शेयर बजार मापक नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि भएको छ ।
बुधबार शून्य दशमलव ५४ प्रतिशत अर्थात् १४ अंकले शेयर बजार बढ्दा बजार बिन्दू २ हजार ५ सय ९० मा पुगेको छ ।
त्यस्तै अघिल्लो कारोबार दिन मंगलबार ६ दशमलव ११ अंकले शेयर बजार बढेर २ हजार ५ सय ७६ बिन्दुमा पुगेको थियो । हिजो ८ अर्ब बढीको कारोबार भएकोमा आज भने कारोबार रकम भने घटेको छ ।
आज कुल ४ अर्ब १७ करोड ३ लाख ९८ हजार ४९ रुपैयाँ बराबर कारोबार भएको छ । आज कुल ८४ लाख ७३ हजार १६ कित्ता शेयर कारोबार भएको हो ।
आज कारोबारमा आएकामध्ये १९५ वटा कम्पनीको शेयर मूल्यमा वृद्धि, ६० वटा कम्पनीको शेयर मूल्य घट्दा १९ वटा कम्पनीको शेयर मूल्यमा कुनै पनि परिवर्तन आएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया