काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता मनिष झाले सञ्चारगृह तथा अन्य सार्वजनिक स्थानमा सवारीसाधन राखेर आवागमन अवरुद्ध गर्ने गतिविधिको विरोध गरेका छन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले सार्वजनिक असुविधा सिर्जना गर्ने यस्ता गतिविधि स्वीकार्य नहुने बताएका हुन् ।
उनले घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी निष्पक्ष अनुसन्धानमार्फत कानुनी प्रक्रिया अघि बढाउनुपर्ने माग गरेका छन् ।
झाका अनुसार राज्यको मुख्य जिम्मेवारी नागरिकका समस्या समाधान गर्नु र उनीहरूको सुरक्षाको प्रत्याभूति गर्नु हो । तर राज्य संयन्त्रबाटै नागरिकमा त्रास फैलिने वा असहज अवस्था सिर्जना हुने गतिविधि हुन नहुने उनको भनाइ छ ।
उनले यस्ता शैलीका गतिविधिबाट सुशासन र जिम्मेवार शासन व्यवस्था स्थापित हुन नसक्ने टिप्पणी गरेका छन् । ‘यस्तो अपरिपक्व व्यवहारबाट राजकाज सञ्चालन हुन्छ ? यस्तै गलत प्रयोग र स्तरहीन गतिविधिका लागि नै जेन्जी पुस्ताले बलिदान दिएको हो ?’ भन्दै उनले प्रश्न उठाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया