आजदेखि भरी सिलिन्डर ग्यास बिक्री

लोकपथ
14
Shares

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने एलपीजी ग्यासको आपूर्ति तथा वितरण प्रणालीलाई पुनः पुरानै अवस्थामा फर्काएको छ । निगमले आजदेखि देशभर साविककै १४.२ केजी क्षमताको एलपीजी ग्यास सिलिन्डर बिक्री–वितरण सुरु गरेको जनाएको छ ।

निगमका अनुसार १४.२ केजी ग्यास सिलिन्डरको उपभोक्ता मूल्य २ हजार ६० रुपैयाँ कायम गरिएको छ । ग्यास आपूर्तिमा देखिएको अस्थायी समस्या समाधान गर्न यसअघि ७.१ केजी ग्यास भर्ने व्यवस्था गरिएको थियो । अब उक्त व्यवस्था अन्त्य गर्दै पुनः पूर्ण क्षमताकै सिलिन्डर वितरण गरिने भएको हो ।

निगमले जारी गरेको सूचनामा इन्डियन आयलका विभिन्न बोटलिङ प्लान्ट तथा रिफाइनरीबाट हुने ग्यास लोडिङमा सुधार आएको, साथै उपभोक्ताबाट १४.२ केजी ग्यास सिलिन्डरको उच्च माग रहेको अवस्थालाई ध्यानमा राखी यो निर्णय गरिएको उल्लेख गरिएको छ ।

निगमका अनुसार भारतबाट नियमित रूपमा खाना पकाउने एलपीजी ग्यास आयात भइरहेको छ । पर्याप्त आपूर्ति भइरहेकाले आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न र अनावश्यक रूपमा भण्डारण नगर्न उपभोक्तालाई आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?