रहेनन् आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डल

लोकपथ
154
Shares

काठमाडौं । आत्मदाह प्रयास गरेका सर्लाहीको गोडैता नगरपालिका–१० सिसौटियाका ३४ वर्षीय विवेक मण्डलको उपचारका क्रममा मृत्यु भएको छ ।

मण्डलले असार २५ गते बिहीबार दिउँसो घरबाट निस्किएपछि सडकमा पुगेर शरीरमा पेट्रोल खन्याई आगो लगाएका थिए । गम्भीर घाइते भएका उनलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो ।

अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि उनलाई शुक्रबार सेनाको हेलिकप्टरमार्फत काठमाडौँस्थित कीर्तिपुर बर्न अस्पताल ल्याइएको थियो ।

उपचारकै क्रममा राति २ बजे मण्डलको मृत्यु भएको अस्पतालले जनाएको छ ।

यसअघि आत्मदाहको प्रयास गरेका गणेश नेपाली र आश्विन राउतको पनि उपचारका क्रममा मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?