काठमाडौं । मुगुका २५ वर्षीय गणेश नेपालीको मृत्यु प्रकरणमा उनका परिवारले ज्यानसम्बन्धी कसुरमा जाहेरी दिन प्रहरी वृत्त कालिमाटी पुगेका छन् ।
नेपालीका परिवार काठमाडौं महानगरपालिका र घटनास्थलमा खटिएका नगर प्रहरीलाई प्रतिवादी बनाएर जाहेरी दर्ता गराउन कालिमाटी पुगेका हुन् ।
गत बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभागको ३ नम्बर गेट अगाडि गणेश नेपालीले मोटरसाइकल पार्किङ गरेपछि काठमाडौं महानगरपालिकाबाट खटिएका नगर प्रहरीले मोटरसाइकलमा ह्वील लक लगाएका थिए। त्यसपछि नगर प्रहरी र नेपालीबीच विवाद भएको थियो।
विवादकै क्रममा गणेशले मोटरसाइकलको ट्यांकीबाट पेट्रोल निकालेर आफ्नो शरीरमा खन्याई आगो लगाएका थिए । गम्भीर घाइते भएका उनलाई तत्काल उद्धार गरी वीर अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।उपचारकै क्रममा उनको शुक्रबार मृत्यु भएको थियो ।
उक्त घटनापछि परिवारले महानगरपालिका र घटनास्थलमा खटिएका नगर प्रहरीको भूमिकामाथि छानबिन गर्न तथा कानुनी कारबाहीको माग गर्दै ज्यानसम्बन्धी कसुरमा जाहेरी दर्ता गर्न प्रहरी वृत्त कालिमाटी पुगेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया