बैंककमा भीषण आगलागी : कम्तीमा २७ जनाको मृत्यु, ६० भन्दा बढी घाइते

लोकपथ
672
Shares

काठमाडौं । थाइल्यान्डको राजधानी बैंककस्थित एक बारमा भीषण आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने ६० भन्दा बढी व्यक्ति घाइते भएका छन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार मृत्यु हुनेमध्ये ९ जना पुरुष र १८ जना महिला छन् । केही व्यक्ति अझै बेपत्ता रहेको बताइएको छ ।

सोमबार मध्यरातपछि बारमा आगलागी भएको सूचना पाएलगत्तै दमकल टोली घटनास्थल पुगेको थियो । त्यसबेला मानिसहरू आगो र बाक्लो धुवाँबाट बच्न भागिरहेका थिए । दमकलकर्मीहरूले करिब आधा घण्टामा आगो नियन्त्रणमा लिएका थिए । तर त्यसअघि नै ठूलो मानवीय क्षति भइसकेको थियो ।

थाइल्यान्डका प्रधानमन्त्री अनुटिन चार्नभिराकुलले आगलागीको कारणबारे अनुसन्धान भइरहेको बताएका छन् । उनका अनुसार कार्यक्रममा प्रस्तुति दिइरहेका एक संगीतकारले सुरुमा मुख्य विद्युत् स्विच (कट–आउट) नजिक आगो लागेको बताएका थिए । त्यसपछि विस्फोटजस्तो आवाज आएपछि आगो तीव्र रूपमा फैलिएको थियो ।

धेरै मानिस मुख्य प्रवेशद्वारबाट बाहिर निस्कन नसकेपछि भवनको पछाडितर्फ रहेको शौचालयमा लुकेका थिए । अधिकांश शव त्यहीँ फेला परेको जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?