काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सुकुमबासी र भूमिहीन नागरिकको समस्या समाधान गर्नु सरकारको मुख्य प्राथमिकता रहेको बताएका छन् ।
भक्तपुरको खरिपाटीमा नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा अस्थायी रूपमा बसिरहेका सुकुमबासी परिवारसँग भेटघाट गर्दै उनले सरकारले दीर्घकालीन समाधानका लागि काम गरिरहेको जानकारी दिएका हुन् ।
उनले समस्या समाधानका लागि सरकारसँगै सुकुम्वासी नागरिकको पनि सहयोग आवश्यक पर्ने बताए । ‘तपाईंहरूको समस्या सरकारको पनि समस्या हो । सरकारले यसलाई गम्भीर रूपमा लिएको छ। त्यसैले सबैले मिलेर सहयोग गर्नुपर्छ,‘उनले भने ।
गृहमन्त्री गुरुङले सुकुमबासी र भूमिहीनको समस्या राजनीतिक विषय नबनाउन आग्रह गर्दै सबै पक्षले जिम्मेवारीका साथ समाधानका लागि सहकार्य गर्नुपर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया